Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने निर्णय

दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने निर्णय

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जितबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने खेल संघलाई तीन महिनाभित्र प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल संघ आफैँले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल संघले वैदेशिक भ्रमणसम्बन्धी प्रतिवेदन राखेपमा पेस गर्न निर्देशन दिने लगायतको निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077