Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

विरामी बोक्ने एम्बुलेन्समा गाँजा ओसारपोसार

विरामी बोक्ने एम्बुलेन्समा गाँजा ओसारपोसार

शुक्रवार , कार्तिक २१, २०८२

मोरङ । मोरङको जहदा गाउँपालिका–३ बाट एम्बुलेन्स प्रयोग गरी लागू औषध गाँजा ओसारपोसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १९ गते राति, विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले स.१ च ६५६ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा झोलाभित्र लुकाइ–छिपाइ राखिएको ३३ किलो ६१० ग्राम गाँजा फेला पारेको हो ।

गाँजा बरामदसँगै प्रहरीले एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र सोही एम्बुलेन्ससँगै रहेका मोटरसाइकल (को.३१ प ८८८९) चालक जहदा गाउँपालिका–३ का ३२ वर्षीय दिलीप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ।

मोरङ प्रहरीका अनुसार दुबै जनामाथि लागू औषध ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077