Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कोइरालाले गरे आफूनिकट जिल्ला सभापति र केन्द्रीय सदस्यहरूसँग छलफल

कोइरालाले गरे आफूनिकट जिल्ला सभापति र केन्द्रीय सदस्यहरूसँग छलफल

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट केन्द्रीय सदस्यहरू, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू र पूर्वजिल्ला सभापतिहरूसँग छलफल गरेका छन्।

विशालनगरस्थित सम्पर्क कार्यालयमा आज कोइरालाले केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र पूर्व जिल्ला सभापतिहरूसँग छलफल गरेका हुन्।

छलफलमा सहभागी रहेका रूपन्देही सभापति रामकृष्ण खाणले महाधिवेशन कार्यतालिकाकै विषयमा कुराकानीकेन्द्रित रहेको बताए।

पार्टीको सबै तहको अधिवेशन पुस मसान्तभित्र सकिने गरी कांग्रेस केन्द्रीय समितिले कार्यतालिका ल्याउनुपर्नेमा नेता कोइरालाले जोड दिएको खाणले कताए ।

छलफलमा केन्द्रीय सदस्यहरू गोविन्दराज पोखरेल, टेकप्रसाद गुरूङलगायत थिए। साथै जिल्ला सभापतिहरू मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, रूपन्देही सभापति रामकृष्ण खाण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई र चितवन सभापति राजेश्वर खनाललगायत सहभागी थिए।

महामन्त्री गगन थापाले पुसमा नियमित महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव पेस गरे पनि सभापति शेरबहादुर देउवा पक्षका केही पदाधिकारीहरू त्यो कार्यतालिकामा सहमत देखिएका छैनन् । उनीहरुले वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्।

त्यसैले असोज २८ देखि जारी केन्द्रीय समिति बैठकबाट महाधिवेशनको सर्वसम्मत कार्यतालिका आउन सकेको छैन। आज पनि केन्द्रीय समिति बैठक बस्दैछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077