Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सिंहदरबारबाट लुटिएको प्रिन्टर बागबजारको सरल शिक्षा एकेडेमीबाट बरामद

सिंहदरबारबाट लुटिएको प्रिन्टर बागबजारको सरल शिक्षा एकेडेमीबाट बरामद

शुक्रवार , कार्तिक २१, २०८२

काठमाण्डौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको प्रिन्टर बागबजारस्थित सरल शिक्षा एकेडेमीबाट बरामद गरिएको छ।

प्रहरीले प्रिन्टरको मुचुल्का उठाई बरामद गरेको जनाएको हो ।

प्रहरी वृत सिंहदरबारबाट खटिएको टोलीले केही घण्टाअघि मात्र एकेडेमीमा छापा मारेको छ।

प्रहरीका अनुसार एकेडेमीका केही कर्मचारीले यसअघि पनि सिंहदरबारबाट चोरी गरी ल्याएका अन्य सामग्री फिर्ता गरेका थिए। प्रहरीको उर्दीपछि ती सामग्री एकेडेमीले पहिले नै प्रहरी कार्यालयमा बुझाएको थियो।

वृत्त प्रमुख डिएसपी जनार्दन घिमिरेले यसअघि एकेडेमीले एउटा प्रिन्टर फिर्ता गरेको र हाल पनि त्यस्तै सूचना प्राप्त भएपछि थप सामग्रीको बुझाइ प्रक्रिया जारी रहेको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077