Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको सामानसहित एक जना पक्राउ

जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको सामानसहित एक जना पक्राउ

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनबाट लुटिएको सामानसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अछाम मल्लेक गाउँपालिका ७ घर भई हाल काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका- १२ कपन जोरधारा बस्ने बर्ष २२ को अमृत साउँद रहेका छन् ।

काठमाडौं महानरपालिका ६ रामहिटी स्थित सडक खण्डमा प्रहरी वृत्त बौद्वबाट प्रसह नबराज भारतीको कमाण्डमा खटिइएको प्रहरी टोलीले साउँदलाई आज बिहान पक्राउ गरेको हो ।

नेपाल प्रहरीको ट्रयाक सुट लगाई हिडेको अवस्थामा उनी पक्राउ परेका थिए ।

उनको सोधपुछ गरी कोठा खानतलासी गर्ने क्रममा DELL कम्पनीको कम्प्युटर थान,CPU एक थान, प्रिन्टर मेसिन एक थान, वर्सादी एक जोर, बुट एक जोर,र एक थान तरबार बरामद गरिएको छ ।

उक्त सामान जेनजी आन्दोलमा प्रहरी प्रभाग कपनबाट लुटिएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077