Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षक संघ संगठनलाई मान्यता नदिने शिक्षामन्त्री पुनको घोषणा, राजनीतिक गतिविधिमा संलग्न भए बर्खास्तसम्मको चेतावनी

शिक्षक संघ संगठनलाई मान्यता नदिने शिक्षामन्त्री पुनको घोषणा, राजनीतिक गतिविधिमा संलग्न भए बर्खास्तसम्मको चेतावनी

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । सरकारले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरू पेसागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न रही यसबाट शैक्षिक गुणस्तर खस्किएको गुनासो आएकाले यस्ता क्रियाकलापमा संलग्न नहुन आग्रह गरेको छ ।

यदि राजनीतिक क्रियाकलापमा संलग्न भएर शैक्षिक गुणस्तर खस्किएको पाइएमा प्रचलित कानुनअनुसार पदबाट बर्खास्तसम्मको कारबाही हुने चेतावनी दिएको छ ।

शिक्षामन्त्री महावीर पुनले आइतबार एक सूचनामार्फत कुनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले पत्रमा भनेका छन्- 'राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिनेसम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछौँ ।'

दलका भ्रातृ तथा शुभेच्छुक संगठनको रूपमा बनाइएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ–संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको पनि उनले पत्रमार्फत जानकारी गराएका छन् ।

उनले शिक्षक-कर्मचारीको संवैधानिक हकको सम्मान गर्दै शिक्षक महासंघलगायतका सबै क्रियाशील संघ-संगठनहरूलाई गैरराजनीतिक चरित्रको, स्वतन्त्र र व्यावसायिक प्रकृतिको बनाउनका लागि कानुनी प्रबन्धसहित पुनर्गठन गर्न पनि भनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077