Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । पहिलो संविधानसभाका चार पूर्वसभासदसहितको टोलीले आगामी निर्वाचनका लागि कानुनमै ५० प्रतिशत महिला उम्मेदवारको अनिवार्य व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

पूर्वसभासद रेणु चन्द, डा. बिन्दा पाण्डे, अमृता थापामगर र सुनीलबाबु पन्तसहितको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पनि महिलाको समान सहभागिता कानुनी रूपमा सुनिश्चित गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलको मागबारे मन्त्रिपरिषद् बैठकमा छलफल गर्ने आश्वासन दिएकी छन् । उनका प्रेस संयोजक रामबहादुर रावलका अनुसार, प्रधानमन्त्रीले निर्वाचनलाई कम खर्चिलो बनाउने उपायबारे पनि सोच्नुपर्ने उल्लेख गर्दै भनिन्, 'खर्चिलो निर्वाचनका कारण भ्रष्टाचार र चुनावी बेथिति बढेका छन्, त्यसलाई सुधार्न अब नीतिगत कदम आवश्यक छ।'

पूर्वसभासद डा. बिन्दा पाण्डेले कानुनमा बाध्यकारी प्रावधान नहुँदा दलहरूले प्रत्यक्ष प्रणालीतर्फ महिलालाई टिकट नदिने प्रवृत्ति देखिएको बताइन्।

उक्त प्रतिनिधिमण्डलमा अधिकारकर्मी उषाकिरण तिम्सेना, सम्झना पौडेल र प्रतीक्षा चापागाईंलगायत पनि सहभागी थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077