Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा तोडफोड, केही कर्मचारी समेत कुटिए

मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा तोडफोड, केही कर्मचारी समेत कुटिए

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ।

मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेससहितका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन्।

सोमवार बिहान प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

मुख्यमन्त्री कार्यालय अगाडि नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन्। नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरू मुख्यमन्त्री कार्यालय अगाडि जम्मा भएका हुन्। दलका कार्यकर्ताहरूले प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयमा तालाबान्दी समेत गरेका छन्।

यस्तै असन्तुष्ट दलका नेता तथा सांसदले मुख्यमन्त्री कार्यालयका केही कर्मचारीलाई कुटपिटसमेत गरेको भिडिओ सार्वजनिक भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077