Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश सरकारलाई पूर्णता दिने तयारी, ६ मन्त्री नियुक्त हुँदै

मधेश सरकारलाई पूर्णता दिने तयारी, ६ मन्त्री नियुक्त हुँदै

बुधवार , पौष १६, २०८२

जनकपुरधाम । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ ।

सरकार गठन भएको लगभग एक महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार आज ६ जना मन्त्री थपिएका छन् ।

मनिष कुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राज कुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शङ्कर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय, श्याम प्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेबारे दिइने भएको छ ।

उनीहरूलाई आजै शपथ खुवाउने तयारी छ । प्रदेश सरकारका अनुसार मन्त्रिपरिषद् विस्तारपछि बजेट कार्यान्वयन, विकास आयोजनाको गति, सेवा प्रवाह र प्रशासनिक निर्णय प्रक्रिया थप प्रभावकारी हुने विश्वास गरिएको छ ।

गत मंसिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्त भएसँगै उनले लोसपाबाट रानीकुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्री र माओवादी केन्द्रबाट जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बनाएका थिए ।

यसअघि २१ मंसिरमा बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका कांग्रेसका जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपा (एकीकृत समाजवादी) का कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यभार तोकिएको छ।

जनमत पार्टीका महेशप्रसाद यादवले भने यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

आज ६ जना मन्त्री थपिएसँगै मधेश प्रदेश सरकार १२ सदस्यीय बन्ने छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077