जनकपुर। मधेस प्रदेशका सांसदले आफ्नो मुखमा आफैं मोसो दलेका छन्।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद रहबर अन्सारीले प्रदेश सभाको रोस्ट्रममा भाषण गर्दै आफ्नै मुखमा आफैँले मोसो दलेका हुन्।
उनले कुनै पनि सरकार जनतको नभएको भन्दै प्रदेश सभा बैठकमै आफ्नो मुखमा मोसो दलेका हुन्।
उनले सार्वजनिक अपराध स्वीकार गर्दै मोसो दलेको बताएका छन्।
प्रदेश सभा बैठकमा अन्सारीले भने- 'कुनै पनि सरकारले मधेसी जनताको पक्षमा काम गरेन, हरेक सरकारले मधेसलाई लज्जित गरेको छ त्यसैले मैले आज आफ्नो अनुहारमा कालो मोसो दल्छु।'
उनले मधेसका कुनै पनि सरकारले जनताका पक्षमा काम नगरेकाले मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) को पक्षमा मत नदिने पनि बताए।
मुख्यमन्त्री सोनार विश्वासको मत लिनुपूर्व दलको तर्फबाट प्रदेशसभा सदस्यहरु बोलिरहेको समय माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहेका अन्सारीले समय लिँदै सांसद हुनुमा आत्मग्लानि गर्दै विरोधस्वरुप दलेका हुन् ।
त्यस क्रममा सभामुख रामचन्द्र मण्डलले उनको माइक काटेका थिए। आज मधेस प्रदेशमा मुख्यमन्त्री सोनारले विश्वासको मत लिँदै छन्।