Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेस प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

मधेस प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

बुधवार , जेठ १३, २०८३

जनकपुर। मधेस प्रदेश सरकारले आगामी आव ०८३/८४ का लागि १५ जेठमा नीति तथा कार्यक्रम ल्याउने भएको छ।

शुक्रबार बिहान ११ बजे प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ। 

बैठकमा आफ्नो जातीय पोसाक झल्किने गरी उपस्थितिका हुन सांसदहरूलाई प्रदेश सभाले सूचनामार्फत जनाएको छ।

प्रदेश सभा सचिवालयका अनुसार कर्णले संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आव ०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममार्फत सभालाई सम्बोधन गर्नेछन्।

सत्ता साझेदार दलहरूबीच भएको १५ बुँदे सहमति टेकेर नीति तथा कार्यक्रम आउने मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077