Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । राष्‍ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सोमबारको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेश प्रदेशका प्रदेश प्रमुख भण्डारीलाई आज पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रदेश प्रमुख सुवेदीले महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित पानस होटलमा सोमबार बिहान एकाबिहानै एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएपछि उनको चर्को आलोचना भइरहेको थियो ।

मन्त्रिपरिषद्को सोमबार बेलुका बसेको बैठकले सुवेदीलाई पदबाट हटाउँदै उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077