Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जेनजी आन्दोलनमा कारागारबाट भागेका ६० किलो सुन प्रकरणका राई पक्राउ

जेनजी आन्दोलनमा कारागारबाट भागेका ६० किलो सुन प्रकरणका राई पक्राउ

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सुन तस्करीका  एक अभियुक्त पक्राउ परेका छन् ।

सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट  फरार रहेका ६० किलो सुन प्रकरणका हर्कराज राई पक्राउ परेका हुन् ।

उनलाई ब्रेक प्यान्डमा सुन लुकाएर नेपाल भित्र्याउने योजनामा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि केन्द्रीय कारागारमा राखिएका थियो।

संगठित अपराध सुन भन्सार चोरी पैठारीअन्तर्गतको कसुरमा सो कारागारमा रहेका भोजपुरको अरुण गाउँपालिका–४ घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका-४ पासिकोट बस्ने राई गत भदौ २४ गते भागेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ५१ वर्षीय राईलाई सोमबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो।

प्रहरीले आवश्यक कारबाहीको लागि हिजो नै उनलाई पक्राउ गरी पुनः केन्द्रीय कारागार सुन्धारामा पठाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077