Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले सम्हाले कार्यभार

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले सम्हाले कार्यभार

मंगलवार , कार्तिक २५, २०८२

जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेका छन् ।

कार्यभार सम्हाल्दै मधेस आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूलाई मधेस रत्न सम्मानबाट सम्मानित गर्ने निर्णय गरेका छन् ।

मुलुकमा सङ्घीयता ल्याउन मधेसका शहीदहरूको अतुलनीय योगदान रहेको भन्दै मुख्यमन्त्री यादवले उक्त निर्णय गरेका हुन् ।

यस्तै मुख्यमन्त्री यादवले पदभार ग्रहण गरिरहँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी  लगायतका सांसदहरूले नाराबाजी गरिरहेका थिए ।

त्यस क्रममा मधेश भवन बाहिर राजनीतिक दलका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ ।

विरोधमा उत्रिएका दलका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज समेत गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077