Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

२४ घण्टाभित्र विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवलाई सर्वोच्चको परमादेश

२४ घण्टाभित्र विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवलाई सर्वोच्चको परमादेश

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गैरसंवैधानिक रूपमा गरिएको नियुक्ति दाबी गरिएको रिटमा तीन दिनको सुनुवाइपछि सोमबार यस्तो आदेश दिएको हो ।

सर्वोच्चको निर्देशअनुसार यादवले अब तुरुन्तै प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्नुपर्नेछ।

विश्वासको मत प्राप्त गरेमा उनी पदमा निरन्तर रहनेछन् । अन्यथा प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार संयुक्त सरकार गठन प्रक्रियामा अघि बढ्नु पर्नेछ।

Capture-1764598566.JPG

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077