Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसका मुख्यमन्त्री यादवले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेसका मुख्यमन्त्री यादवले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन नपाउँदै राजीनामा दिएका छन् ।

विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मन्तव्य राख्दै मुख्यमन्त्री यादवले रोष्टमबाटै राजीनामाको घोषणा गरेका हुन् ।

यादवको सम्बोधन सुरू हुनासाथ एमाले, संघीय समाजवादी पार्टी र राप्रपाका प्रदेशसभा सदस्यहरूका अतिरिक्त अन्य दलका ७३ प्रदेशसभा सदस्यहरू बाहिरिएकपछि विश्वासको मत नपाउने देखेर राजीनामा घोषणा गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको हैसियतमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत कात्तिक २३ गते नियुक्ति गरेपछि ७ दलका ७४ प्रदेशसभा सदस्यहरूले नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

सो रिटको सुनुवाइ गर्दै मंसिर १५ गते सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिनका लागि परमादेश जारी गरेको थियो ।

सोही परमादेशअनुसार आज विश्वासको मत लिनकालागि मधेस प्रदेशसभाको बैठक आह्वान गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077