Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि आज पनि सुनुवाइ

मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि आज पनि सुनुवाइ

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ भइरहेको यो मुद्दाको सुनुवाइ नसकिएपछि बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

मधेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ प्रदेश सभासदस्यले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077