Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अभिनेत्री रिमाको राजनीतिमा इन्ट्री, उज्यालो नेपाल पार्टीको बनिन् केन्द्रीय सदस्य

अभिनेत्री रिमाको राजनीतिमा इन्ट्री, उज्यालो नेपाल पार्टीको बनिन् केन्द्रीय सदस्य

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । लोकप्रिय अभिनेत्री रिमा विश्वकर्मा राजनीतिमा प्रवेश गरेकी छन् । ऊर्जामन्त्री कुलमान घिसिङले गठन गर्न लागेको 'उज्यालो नेपाल' पार्टीमा उनी समेत आबद्ध भएकी हुन् ।

प्रस्तावित ५१ सदस्यीय केन्द्रीय समितिमा रिमाको पनि नाम समावेश गरिएको छ । रिमा पहिलोपटक कुनै राजनीतिक दलमा आबद्ध भएकी हुन्।

अभिनय, मोडलिङ र टेलिभिजन प्रस्तोताको रूपमा लामो समयदेखि सक्रिय रहेकी उनी पछिल्लो समय विभिन्न रियालिटी शोका निर्णायकका रूपमा पनि चर्चित छिन् ।

उज्यालो नेपाल पार्टीको अध्यक्ष र केन्द्रीय सदस्यको विवरण अद्यावधिक भएको छ । पूर्वऊर्जासचिव अनुप उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समितिको विवरण अद्यावधिक गरिएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077