Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी चन्द मृत भेटिए

बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी चन्द मृत भेटिए

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । बेलायतमा अध्ययनरत एक नेपाली विद्यार्थी योमन चन्द सुतेकै अवस्थामा मृत भेटिएका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अनुसार, युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी इन कम्युनिकेसन्स एण्ड इन्फरमेसन इन्जिनियरिङ अध्ययनरत २६ वर्षीय चन्दको मंगलबार बिहान निधन भएको हो ।

एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीका अनुसार, सल्यान स्थायी घर भएका चन्दको लन्डनस्थित एजवेयरमा निधन भएको पुष्टि भएको छ ।

संघले चन्दको पार्थिव शरीरको अन्त्येष्टि परिवारसँगको परामर्शपछि गर्ने तयारी गरेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077