Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री र बेलायती राजदूतबिच शिष्टाचार भेट

गृहमन्त्री र बेलायती राजदूतबिच शिष्टाचार भेट

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबिच पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसक्रममा मन्त्री अर्यालले जेनजी विद्रोहपछिको सङ्क्रमणकालीन अवस्थालाई सामान्यीकरण गर्न सरकारले प्रयास गरिरहेको बताए ।

राजदूत फेनले नेपालमा आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बेलायतको आवश्यक सहयोग रहने विश्वास दिलाए ।

उनले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077