Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खैरो हिरोइनसहित चारजना पक्राउ

खैरो हिरोइनसहित चारजना पक्राउ

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं। लागुऔषध (खैरो हिरोइन) ओसारपसार गरी बिक्री गर्ने चार जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक विचित्र मगरसहितको टोलीले भारतबाट खैरो हिरोइन ल्याएर राजधानी काठमाडौंलाई केन्द्र बनाई बिक्री दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सप्तरी राजविराजका ३९ वर्षीय रविआनन्द देव, भारतको हरिपुरका २३ वर्षीय राजा कुमार, भारतको स्वस्तिकनगरका २१ वर्षीय देवेन्द्रकुमार शाह र मोरङका २९ वर्षीय पुष्प मगर रहेका छन् ।

विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा दुई भारतीयसहित चार जनालाई पक्राउ गरिएको ब्युरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बताए।

सप्तरी राजविराजका देवको काठमाडौै महानगरपालिका १३ स्थित पनेरुगाउँको कोठाबाट २७२ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।

भारतीय राजा र देवेन्द्रले स्कर्पियो गाडीमा भारतबाट खैरो हिरोइन ल्याएर बिक्री गर्न लागेको अवस्थामा चन्द्रागिरि नगरपालिकास्थित ढुंगेअड्डाबाट ५९२ ग्राम र मगरको साथबाट कोटेश्वर क्षेत्रबाट ९३ ग्राम बरामद गरिएको सहप्रवक्ता यादवले जानकारी दिए।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077