Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

क्यानका अध्यक्ष चन्दले गरे ओली सरकारको प्रशंसा, भने - ओलीले समय नतोकेको भए रंगशाला बन्ने थिएन

क्यानका अध्यक्ष चन्दले गरे ओली सरकारको प्रशंसा, भने - ओलीले समय नतोकेको भए रंगशाला बन्ने थिएन

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानसहितको रंगशाला निर्माण परियोजना समयमै सम्पन्न हुन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णायक भूमिकाको प्रशंसा गरेका छन् ।

आइतबार नेपाल प्रिमियर लिग (एनपीएल)–२ को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले ओली सरकारले तोकेको १० महिनाको समयसीमा परियोजनाको भविष्य बदलिदिएको बताएका हुन् ।

“यदि त्यो समयसीमा नतोकेको भए यो परियोजना अझै महिनौं र वर्षौं अल्झिन्थ्यो,” चन्दले भने, “नेपाली क्रिकेटले वर्षौंदेखि देखेको सपना आज पूरा हुँदैछ। डे–नाइट क्रिकेट अब नेपालको नयाँ अध्याय बन्नेछ।”

चन्दका अनुसार खेलकुद मन्त्रालय र परिषद्का जनशक्ति तथा क्षमताले यति ठूलो परियोजना समयमै पूरा गर्न नसक्ने देखिएपछि क्यानले शहरी विकास मन्त्रालयमार्फत परियोजना अघि बढाउन सिफारिस गरेको थियो।
“सोही मोडालिटी लागू हुँदा काम समयमा सम्पन्न भयो, उनी भन्छन्, त्यसैले शहरी विकास मन्त्रालयलाई पनि धन्यवाद छ।”

अध्यक्ष चन्दले परियोजनाको दोस्रो चरणका कामका लागि वर्तमान सरकारले देखाएको उत्साह र सहयोगप्रति कृतज्ञता व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077