Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ड्रिमर्स कप २०८२ को छैटौँ दिन : कुन–कुन टिम भए विजेता ?

ड्रिमर्स कप २०८२ को छैटौँ दिन : कुन–कुन टिम भए विजेता ?

आइतवार , कार्तिक ३०, २०८२

धनगढी । ‘टाइनी क्रिकेटर्स, बिग ड्रिम’ अर्थात् साना क्रिकेटर, ठुला सपना भन्ने नारासहित क्रिकेटको सहर धनगढीमा जारी ड्रिमर्स कप २०८२ को छैटौँ दिन पनि पाँच खेल सम्पन्न भएका छन् । प्रतियोगिता धनगढी क्रिकेट एकेडेमी (डिसिए) को खेल मैदानमा सञ्चालनरत छ ।

ड्रिमर्स कपको छैटौँ दिनको पहिलो तथा प्रतियोगिताको छब्बिसौँ खेलमा धनगढी प्रज्ञा सदन (डिपिएस) र चैतन्य पाठशाला बिच प्रतिस्पर्धा भयो । टस हारेर ब्याटिङका लागि मैदान प्रवेश गरेको चैतन्य पाठशालाले डिपिएसलाई ८९ रनको लक्ष्य दियो ।

जवाफी ब्याटिङमा उत्रिएको डिपिएस २३ रनमै अल आउट हुन पुग्यो भने चैतन्यले ६५ रनको फराकिलो अन्तरले जित हात पार्‍यो । उक्त खेलमा चैतन्यका आयुस देउवाले आफ्नो टिमलाई जित दिलाउन ब्याटिङ तर्फ १९ बलमा १६ रन र बलिङ तर्फ १ ओभरमा ५ रन खर्चेर २ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै, प्रतियोगिताको सत्ताइसौं खेलमा सिद्धार्थ विद्या निकेतन र एक्सीस विद्याश्रमका बिच प्रतिस्पर्धा भयो । टस हारेर पहिले ब्याटिङ उत्रिएको एक्सीस विद्याश्रमले सिद्धार्थलाई ८९ रनको लक्ष दिन सफल भयो ।

लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको सिद्धार्थ विद्या निकेतन अल आउट हुँदै ४० रनमै समेटियो भने एक्सीस ४८ रनको अन्तरले जित्न सफल भयो ।

उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन ब्याटिङ तर्फ १३ बलमा ३३ रन जोडे भने बलिङ तर्फ १।२ ओभरमा ७ रन खर्चिँदै २ विकेट लिन सफल कृश बोगटी प्लेयर अफ द म्याच घोषित भए ।

त्यस्तै, प्रतियोगिताको अट्ठाइसौँ खेलमा अपि विद्या निकेतन र वइस्टर्न क्रिस्टल एकेडेमी बिच प्रतिस्पर्धा भयो । टस जितेर ब्याटिङका लागि मैदान प्रवेश गरेको वइस्टर्न क्रिस्टलले अपिलाई १४१ रनको फराकिलो लक्ष्य दियो ।

लक्ष्य पच्छाउने क्रममा अपिले ७९ रन मात्रै बनाउन सफल भयो भने वइस्टर्न क्रिस्टल एकेडेमी ६१ रनको अन्तरले विजयी हुन सफल भयो ।

उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन सफल वइस्टर्न क्रिस्टल एकेडेमीका अम्रित थापाले ब्याटिङ तर्फ १६ बलमा ५३ रन जुन प्रतियोगिताको छक्का प्रहार गर्ने खेलाडी समेत बनेका थिए र उनले बलिङ तर्फ २ ओभरमा ८ रन खर्चेर १ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै, प्रतियोगिताको उनन्तिसौँ खेलमा त्रिभुवन मा।वि र दुन एकेडेमी बिच प्रतिस्पर्धा भयो । उक्त खेलमा टस जितेर ब्याटिङ रोजेको त्रिभुवनले दुन एकेडेमीलाई ६२ रनको लक्ष्य दियो ।

यद्धपी जवाफी ब्याटिङमा उत्रिएको दुन एकेडेमीले ६.१ ओरमा त्रिभुवनलाई अल आउट गर्दै ६ विकेटको जित सुनिश्चित गर्न सफल भयो । उक्त खेलमा दुनका सन्दिप खड्काले ब्याटिङ तर्फ १९ बलमा ३७ रन आर्जन गरे र बलिङ तर्फ २ ओभरमा ७ रन खर्चिँदै २ विकेट लिएर प्लेयर द म्याच हुन सफल भए ।

यसका साथै, आज आइतबार सम्पन्न भएको प्रतियोगिताको तिसौँ खेलमा डिस्कोभरी स्कुल र होलील्याण्ड स्कुल बिच प्रतिस्पर्धा भयो ।

टस जितेर ब्याटिङका लागि मैदानमा उत्रिएको होलील्याण्ड स्कुलले डिस्कोभरिलाई ४९ रनको रनको लक्ष्य दियो । उक्त लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको डिस्कोभरी होलिल्याण्डलाई ७ विकेटले पराजित गर्दै विजयी भयो ।

उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन ब्याटिङ तर्फ नट आउट रहँदै २४ रन आर्जन गरे भने बलिङ तर्फ २ आभेरमा ४ रन खर्चिँदै २ विकेट विकेट लिएका डिस्कोभरिका ललित बोहरा प्लेयर अफ द म्याच घोषित हुन सफल भए ।

प्रतियोगिता आयोजनका लागि आयोजक गो ड्रिमर्सलाई ड्रिमर्स कप २०८२ को मुख्य प्रायोजक एसपीए कलेज धनगढी, सहयोगी संस्थाका रूपमा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रायोजकका रूपमा अनिरुद्र जिडी ग्रुप, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वर्ल्ड लिङ्क र हेल्थ पार्टनर सिपी हस्पिटलले साथ दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077