Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई वटा संसदीय समितिको बैठक बस्दै

दुई वटा संसदीय समितिको बैठक बस्दै

सोमवार , मंसिर १, २०८२

काठमाडौं । राष्ट्रिय सभाका दुई वटा संसदीय समितिको बैठक बस्दैछ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

संसद् सचिवालयका अनुसार बैठक साढे ११ बजे बस्दैछ ।

सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै,राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्दैछ।

सभाकक्षमा बस्ने बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077