काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को दोस्रो दिनको खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
एनपीएलको तेस्रो खेलमा विराटनगरविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
यसअघि भएको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो।