Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विराटनगरको सहज जित, काठमाण्डू ५ विकेटले पराजित

विराटनगरको सहज जित, काठमाण्डू ५ विकेटले पराजित

शनिवार , मंसिर ६, २०८२

काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्स लगातार दोस्रो खेलमा विजयी भएको छ ।

आज भएको खेलमा विराटनगरले काठमाण्डु गुर्खाजलाई   ५ विकेटले हराएको छ । काठमाण्डुले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो ।

विराटनगरका जर्ज मुन्से ३६, मार्टिन गुप्टिलले २५ र नरेन भट्टले २४ रन बनाए । काठमाण्डुका शाहब आलमले २ तथा करन केसी, गेर्हार्ड इरास्मस र सन्तोष यादवले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको काठमाण्डुले ६ विकेट गुमाएर १ सय ३४ रन बनायो ।

काठमाण्डुका आदिल आलमले अविजित ३८ र वेन चाल्र्सवर्थले ३२ रन बनाए । विराटनगरका मर्चेन्ट डे लाङले २, सन्दीप लामिछाने, शुभम रञ्जाने र सूर्य तामाङले समान १ विकेट लिए । 

उद्घाटन खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो ।

अर्को खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । त्यस्तै विराटनगरको आज दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा विराटनगरले पोखरालाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077