Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी मुभमेन्ट नेपालद्वारा प्रधानमन्त्री कार्कीको राजीनामा माग, मन्त्रीहरूमाथि गम्भीर आरोप

जेनजी मुभमेन्ट नेपालद्वारा प्रधानमन्त्री कार्कीको राजीनामा माग, मन्त्रीहरूमाथि गम्भीर आरोप

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ ।

जेनजी मुभमेन्टले कार्की नेतृत्वको सरकारले भ्रष्टाचार, पक्षपात र कुशासनमा गाढिएको आरोप लगाउँदै राजीनामा माग गरेको हो ।

जेनजी मुभमेन्टले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'सत्ता कु गरेर बनेको सुशीला कार्की र उनको मन्त्रिपरिषदलाई सार्वजनिक रूपमा बहिस्कार गर्दै अवज्ञा गर्न समग्र देशवासीलाई आहन गर्दछौँ ।'

कार्की नेतृत्वको सरकारलाई बहिस्कार गर्न आग्रह गर्दै विभिन्न मन्त्रीहरूमाथि गम्भीर आरोपसमेत लगाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै जेनजी मुभमेन्ट नेपालले उर्जामन्त्री कुलमान घिसिङले ४३ करोड नोक्सानी गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिएको तथा महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब बिक्री गरेको तथा प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवले आफन्तलाई नियुक्ति दिएको र गृहमन्त्री ओमप्रकाश अर्यालले काकालाई डीआईजी बनाउन सशस्त्र प्रहरीमा दरबन्दी थपेको आरोप लगाएको छ ।

जेनजी मुभमेन्टले विद्रोहका आदर्श, सुशासनका लागि प्राण अर्पण गरेका शहीद घाइतेहरूसहित नेपाली जनताप्रति गम्भीर अपमानमा लाग्दा सरकारले नैतिकता र जनविश्वास दुवै गुमाएको जनाएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077