Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधान सेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका कृष्णप्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

उपरथीमा विशेष बढुवा पाएका भण्डारीलाई प्रधान सेनापति सिग्देलले आज जंगी अड्डामा आयोजित एक कार्यक्रममा दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

यही मङ्सिर ५ गतेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई उपरथीमा विशेष बढुवा गर्ने निर्णय गरेको थियो ।

सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथी, अधिकृतहरू तथा पदोन्नति भएका भण्डारीसतिका परिवारजनको उपस्थिति थियो।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077