Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा

पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । भेपमार्फत सुन तस्करी प्रकरणमा दोस्रोपटक पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

उच्च अदालत पाटनको आदेश अनुसार उनले बिहीबार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएपछि ३० नम्बर फाँटबाट तारिख लिएर छुटेका हुन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरा उच्च जोखिममा नरहेको, उनको उमेर र स्वास्थ्य अवस्था समेतका कारण धरौटीमा रिहा गर्न सकिने ठहर गरेको थियो।

यसअघि भेपमार्फत सुन तस्करीमा संलग्नताको आरोपमा उनलाई दोस्रोपटक पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077