Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

तुलसीपुर कारागारबाट फरार थुनुवा नेपालगञ्जमा मृत फेला

तुलसीपुर कारागारबाट फरार थुनुवा नेपालगञ्जमा मृत फेला

शुक्रवार , मंसिर १२, २०८२

दाङ । जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट फरार भएका थुनुवा देवराज देवकोटा नेपालगञ्जमा मृत फेला परेका छन्।

बाँके प्रहरीले दिएको जानकारीअनुसार देवकोटा नेपालगञ्जस्थित रुकुमेली होटलमा मृत भेटिएका हुन्।

दाङको तुलसीपुर-१८ हेमन्तपुरका देवकोटा लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए। कारागारबाट फरार भएपछि उनी नियमित खोजी कार्य चलिरहेको अवस्थामा अचानक नेपालगञ्जको होटलमा मृत फेला परेका हुन्।

प्रहरीका अनुसार उनी मुखमा फिँज आएको अवस्थामा भेटिएका कारण मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको छ।

शव पोष्टमार्टमका लागि नेपालगञ्जको नर्सिङ होममा राखिएको छ।

घटनाबारे थप सत्यतथ्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077