Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविमाथि भएको अन्यायविरुद्ध लड्न रास्वपामा आएको हुँ : पूर्वएआईजी पोखरेल

रविमाथि भएको अन्यायविरुद्ध लड्न रास्वपामा आएको हुँ : पूर्वएआईजी पोखरेल

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय भएको भन्दै त्यसविरुद्ध लड्ने बताएका छन् ।

आज रास्वपा प्रवेश गर्दै पोखरेलले सभापति लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर आफूलाई रास्वपा प्रवेश गर्न प्रेरित गरेको बताए ।

उनले भने–‘नेपाल प्रहरीमा २९ वर्षसम्म आफ्नो इमानमा बाँचेर काम गरेको मान्छे हुँ । कुनै पनि विषयमा बोल्न डराउँदिनँ । मैले रास्वपाका अध्यक्षमाथि जुन किसिमको अन्याय भएको छ । त्यो अन्यायको विरुद्ध म पनि यहाँ समाहित भएर लड्नु पर्छ भनेर आएको हुँ ।’

भदौ २४ गतेको जेनजी आन्दोलनमा मुलुक दनदनी बलिरहँदा पुराना पार्टीका नेताहरू दुलोभित्र पसेको तर रास्वपाका सभापति लामिछानेलाई जनताले काँधमा बोकेर बाहिर ल्याएको उनको भनाई थियो ।

रास्वपा प्रवेश गर्दै पोखरेलले मुलुकको समृद्धि र सुशासन कायम गर्ने पार्टी रास्वपा मात्रै भएको दावी गरे । उनले जनताको आशा र भरोसा बोकेको पार्टीको सदस्यता लिन पाउँदा आफूलाई खुसी लागेको पनि बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077