Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नियमित महाधिवेशन पुस मसान्त मिलनविन्दु बन्नसक्छ, बैठक सकारात्मक : उपसभापति गुरुङ

नियमित महाधिवेशन पुस मसान्त मिलनविन्दु बन्नसक्छ, बैठक सकारात्मक : उपसभापति गुरुङ

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा निवासमा भइरहेको बैठक केही हदसम्म सकारात्मक दिशामा अघि बढेको दाबी गरेका छन् ।

शुक्रबार उपसभापति गुरुङले फेसबुकमार्फत यस्तो दाबी गरेका हुन् ।

‘आदरणीय सभापतिज्युको निवासमा आज भएको अनौपचारिक बैठक केही हदसम्म सकरात्मक दिशामा अगाडी बढेको छ,’ उपसभापति गुरुङले भनेका छन्, ‘नियमित महाधिवेशन पुस मसान्त मिलनविन्दु बन्नसक्छ।’ त्यसका लागि सबै नेताहरूलाई आआफ्नो तर्फबाट सकरात्मक भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन्।

महाधिवेशनकै विवादले पार्टीको एकता नै जोखिममा रहेका बेला सभापति देउवाले बिहीबारबाट मुख्य पदाधिकारी र नेताहरूसँग अनौपचारिक संवाद गरिरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077