Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसको परिपत्र : लेवी नबुझाउनेलाई उम्मेदवारी बन्द, सबै तहबाट सिफारिस प्रक्रिया सुरु

कांग्रेसको परिपत्र : लेवी नबुझाउनेलाई उम्मेदवारी बन्द, सबै तहबाट सिफारिस प्रक्रिया सुरु

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिस प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ ।

पार्टीले वडा तहदेखि केन्द्रसम्म चरणबद्ध रूपमा सिफारिस गर्ने व्यवस्था गरी तल्ला निकायहरूलाई परिपत्र जारी गरेको हो ।

परिपत्रअनुसार सिफारिस वडाबाट सुरु भई गाउँ/नगरपालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म पुग्नेछ। कांग्रेसले यसपटक कडाइका साथ लेवी नबुझाउने व्यक्तिलाई कुनै पनि तहको निर्वाचनमा उमेदवारी नदिन सकिने व्यवस्था लागू गरेको छ ।

परिपत्रको बुँदा ३.१० मा भनिएको छ, 'पार्टी विधानको धारा ६९ बमोजिम तोकिएको सहयोग रकम (लेवी) नबुझाउने व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैन।'

महामन्त्री गगन थापाले हालैको ब्रिफिङमा स्थानीय तहका पदाधिकारीसहित निर्वाचित प्रतिनिधिहरूले बुझाउनुपर्ने लेवी नबुझाएको विषय उठाएका थिए । पटक–पटक आग्रह गर्दा पनि धेरैले लेवी नबुझाएको कांग्रेसको आरोप छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यले बुझाउने लेवी भने संसदीय दलको निर्णयअनुसार सिधै केन्द्रको खातामा जम्मा गरिने व्यवस्था कांग्रेसले गर्दै आएको छ। स्थानीय तहका पदाधिकारीले भने जिल्ला कार्यसमितिमार्फत् रकम पठाउनुपर्ने प्रावधान यथावत् छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077