Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधबार विश्वासको मत लिँदैछन् ।

मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले आज प्रदेश सभामा विश्वास मतको प्रस्ताव राख्ने जानकारी गराएका हुन् । उनी आज दिउँसो २ बजे विश्वासको मत लिनेछन् ।

‘सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भनेको छ। मैले परमादेशको पत्र मंगलबार ३ बजेमात्र पाएकाले सोही आधारमा बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको छु,’ मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र पठाइसकेको छु।’

उनले यसअघि एमालेले सहयोग गरेका दलहरूले आफूलाई विश्वास मत दिनेसमेत बताएका छन्। गत कात्तिक २३ गते यादव ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077