एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एर्लिङ हालान्डले १०० गोल गरेका छन् ।
गएराति भएको खेलमा हालान्डको गोलसँगै म्यानचेस्टर सिटीले फुलहमलाई ५–४ गोलले हराएको छ ।
क्राभेन कुटेजमा भएको खेलमा हालान्डले १७औँ मिनेटमा गोल गरी आफ्नो एक सय गोल पूरा गरेका हुन् ।
उनी प्रिमियर लिगमा सबैभन्दा छिटो एक सय गोल पूरा गर्ने खेलाडी समेत बनेका छन् । उनले यो उपलब्धि एक सय ११ खेलमै प्राप्त गरेका हुन् ।