Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आर्सनलले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

आर्सनलले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

बुधवार , जेठ ६, २०८३

एजेन्सी । इंग्लिस प्रिमियर लिगको उपाधि आर्सनलले हात पारेको छ । २२ वर्षपछि आर्सनलले यो सिजनको उपाधि जितेको हो । 

गए राति बर्नमाउथ र म्यानचेस्टर सिटीबीचको खेल १–१ को बराबरीमा सकिएसँगै आर्सनल लिग च्याम्पियन बनेको हो । उपाधि रक्षा गर्न सिटीलाई जीत आवश्यक थियो ।

तर खेलको ३९औँ मिनेटमा एली जुनियर क्रुपीले बर्नमाउथलाई अग्रता दिलाएपछि उपाधि दौडको समीकरण बदलियो । खेलको इन्जुरी समयमा एर्लिङ हालान्डले बराबरी गोल फर्काए पनि त्यो सिटीका लागि पर्याप्त भएन । 

त्यसअघिको खेलमा आर्सनलले बर्नलीलाई १–० ले हराएको थियो । आर्सनलले अन्तिम खेलअघि नै उपाधि पक्का गरेको हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077