एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ गोलले हराएको हो । यो जीतसँगै आर्सनलको २० खेलमा ४८ अङ्क भएको छ ।
यस्तै तेश्रो स्थानमा रहेको एस्टनभिल्लाले नटिङ्घम फरेस्टलाई ३–१ गोलले हराउँदै दोश्रो स्थानमा उक्लिएको छ । एस्टनभिल्लाको २० खेलमा ४२ अंक छ । १९ खेलमा ४१ अङ्क रहेको म्यानचेस्टर सिटी तेश्रो स्थानमा छ ।
हिजो भएका अरू खेलमा उल्भ्सले वेस्टह्यामलाई ३–० र ब्राइटनले बर्नलीलाई २–० गोलले हरायो । प्रिमियर लिगमा आज ६ वटा खेल हुँदैछन् ।