एजेन्सी । इंग्लिस क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडविरुद्ध ४–० को फराकिलो जित दर्ता गरेको छ ।
शनिबार आर्सनललाई लिड्सको घरेलु मैदान इलान्ड रोडमा जित दिलाउन मार्टिन जुबिमेन्डी, भिक्टोर ग्योकेरेस र ग्याब्रियाल जेससले समान एक गोल गरे । आर्सनलले भने एक आत्मघाती गोल उपहार पाएको हो ।
जितसँगै आर्सनलले प्रतियोगितामा ५३ अंक जोडेको छ । लिग लिडर आर्सनलले २४ खेल खेल्दा १६ जित, पाँच बराबरी र तीन हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।
पराजित लिड्स भने २६ अंकका साथ तालिकाको १६औँ स्थानमा सीमित छ ।