काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी विद्यालय सञ्चालन गरेको पाइएमा त्यस्ता विद्यालयलाई गरिने अनुदान रोक्ने चेतावनी दिएका छन् ।
पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताउँदै उनले समिति गठन नभएका विद्यालयहरुलाई आउने संघीय अनुदान रोक्का गरिने बताएका हुन् ।
उनले भने–‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ ।’