Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई जना पक्राउ

प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई जना पक्राउ

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘ड्युटी’मा खटिएका प्रहरीमाथि कुटपिट गर्दै धनमाल लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले उनीहरूलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

गत भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा काठमाडौं महानगरपालिका–२४ विशालबजार क्षेत्रमा जनसेवाबाट खटिएका प्रहरीलाई घेराबन्दी गरी कुटपिट गर्दै साथमा रहेको सामान लुटपाट गरिएको थियो। सो घटनामा संलग्न रहेकाहरूलाई प्रहरीले अनुसन्धानको क्रममा पहिचान गरी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिमा काठमाडौं महानगरपालिका–२० चिकामुगलका ४१ वर्षीय नीरज चित्रकार र काठमाडौं–१० दमाईँटोलका ४० वर्षीय राजकुमार क्षेत्री रहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले जानकारी दिए। उनका अनुसार दुवै जनामाथि प्रहरीमाथि आक्रमण र लुटपाट गरेको आरोपमा कारबाही अघि बढाइएको छ।

अनुसन्धानका क्रममा नीरज चित्रकारविरुद्ध यसअघि पनि ज्यान मार्ने मुद्दा दर्ता भई जनसेवा न्युरोड प्रहरीवृत्तमा चलिरहेको खुलेको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077