काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौं सयले घटेर २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले घटेर ३ हजार पाँच सय ५५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला३ हजार ६२५ रुपैयाँमा कायम भएको थियो ।