Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफ्नै मापदण्डको धज्जी उडाउँदै कार्की सरकार

आफ्नै मापदण्डको धज्जी उडाउँदै कार्की सरकार

शनिवार , मंसिर २०, २०८२

काठमाडौं । अन्तरिम सरकार गठन भएको तीन महिना नपुग्दै सरकारले ३० भन्दाबढी विदेश भ्रमणलाई स्वीकृति दिएको छ ।

जेनजी आन्दोलनको बलमा सरकार गठन भएलगत्तै अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमण नगर्ने औपचारिक निर्णय गरेको सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सदस्यले तीन महिनामा ३० वटा बढी विदेश भ्रमण गरेका छन् भने एउटै सचिवलाई महिनैपिच्छे विदेश भ्रमणको स्वीकृति दिएका छन् ।

अन्तरिम सरकार गठन भएको तीन महिना नबित्दै ३० भन्दाबढी निर्णयमार्फत सयभन्दा बढीको विदेश भ्रमण स्वीकृत भएको पाइएको छ ।

प्रतिनिधिसभा निर्वाचन गराउने म्यान्डेट पाएको सरकारले आफ्नो म्यान्डेट र प्रतिबद्धताविपरीत विदेश भ्रमणमा सोख देखाएको भन्दै आलोचना बढेको छ ।

कतिपय महाशाखाका जिम्मेवार प्राविधिक कर्मचारीका विदेश भ्रमण रोकेको अन्तरिम सरकारका मन्त्री र सीमित सचिवहरूले भने दोहोरो तेहरो विदेश भ्रमणका अवसर पाइरहेका छन् । राजधानी दैनिकबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077