Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नागढुङ्गा-नौबिसे-मलेखु सडक दैनिक पाँच घण्टा बन्द हुने

नागढुङ्गा-नौबिसे-मलेखु सडक दैनिक पाँच घण्टा बन्द हुने

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । नागढुङ्गा–मलेखु सडक खण्ड २४ गतेदेखि पुस १ गतेसम्म आंशिक बन्द हुने भएको छ ।

सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन मंसिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी बन्द गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र धादिङ तथा सडक आयोजनाले निकालेको सूचना अनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म सडक आवागमन बन्द हुनेछ ।

यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

साना तथा मझौला गाडीले अत्यावश्यक अवस्थामा सीतापाईला–भिमढुङ्गा–रामकोट–धार्के तथा सामाखुसी–टोखा–छहरे–त्रिशूली–गल्छी हुँदै जरेखेतबाट त्रिशूलीको पूल तरेर घाटबेसीको पूल निस्कने वैकल्पिक बाटो प्रयोग गर्न सक्नेछन् ।

एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल, शव वाहन जस्ता अत्यावश्यक गाडी भने ट्राफिक प्रहरीको सहजीकरणमा चल्न सक्ने सूचनामा उल्लेख छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077