Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

टिओबी समूहका तेन्जिङ दुई मुद्दामा ५ लाख २० हजार धरौटीमा रिहा

टिओबी समूहका तेन्जिङ दुई मुद्दामा ५ लाख २० हजार धरौटीमा रिहा

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । टिओबी समूहका प्रमुख तेन्जिङ दावा लामा विरुद्ध दायर दुई संवेदनशील मुद्दामा काठमाडौँ जिल्ला अदालतले कुल ५ लाख २० हजार रुपैयाँ धरौटी तोकेर रिहा गर्न आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार लामालाई साधारण धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो।

लामाविरुद्ध प्रहरीले विस्तृत अनुसन्धानअन्तर्गत संकलित प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले लिखित किर्तेलागुऔषधसम्बन्धी कसुरमा आइतबार अभियोग दायर गरेको थियो।

अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार लिखत किर्ते मुद्दामा ५ लाख रुपैयाँ र लागुऔषधसम्बन्धी मुद्दामा २० हजार रुपैयाँ धरौटी माग गरिएको थियो।

दुवै मुद्दामा आवश्यक धरौटी बुझाएपछि लामा कानुनी प्रक्रियामा सहकार्य गर्नुपर्ने शर्तसहित रिहा भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077