Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

प्राधिकरणका निलम्बित महानिर्देशक अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

प्राधिकरणका निलम्बित महानिर्देशक अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीराज श्रेष्ठको इजलासले उनीहरूको पदीय हैसियत, आरोप दाबी र परियोजनामा उनीहरूको भूमिका तथा संलग्नतालाई हेरेर अधिकारीलाई पाँच लाख र मुरारी भण्डारीलाई एक लाख धरौटी हुने आदेश गरेको हो ।

त्यस्तै, तत्कालीन प्रबन्धक मुरारी भण्डारीलाइ एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अधिकारीसहितविरूद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077