Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले भने- समापन समारोहमा हल खचाखच होस्

जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले भने- समापन समारोहमा हल खचाखच होस्

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले जेनजी महोत्सवको उद्घाटन सभामा युवाहरूको बाक्लो उपस्थित नभएपछि असन्तुष्टि पोखेका छन् ।

राष्ट्रियसभा गृहमा अखिल क्रान्तिकारीको आयोजनामा आजदेखि सुरु भएको जेनजी महोत्सव उद्घाटनका क्रममा प्रचण्डले यस्तो भनेका हुन् ।

उनले भने- ‘तपाईंहरूले जेनजी महोत्सव आयोजना गर्नुभयो । यो राम्रो कुरा हो । तर यहाँ जुन रुपमा उपस्थित हुनुपर्थ्यो, त्यस्तो नहुँदा अलि  नमज्जा लागेको छ । समापन समारोहमा हल खचाखच होस् । आउने दिनमा राम्रो तयारी गरेर मात्रै गर्नको लागि निर्देशन दिन्छु ।'

उनले आयोजक अखिल क्रान्तिकारीलाई समापन समारोहमा हल खचाखच होस् भनेर आयोजकलाई सुझाव समेत दिएका छन् ।

साथै अबको कार्यक्रम राम्रो तयारी गरेर मात्रै निर्देशन दिएका छन्।

आजदेखि सुरु भएको महोत्सव पुस ८ गतेसम्म हुनेछ ।

महोत्सवमा युवाहरूको प्रतिभालाई उजागर गर्ने र उनीहरूको क्षमता तथा योग्यतालाई सम्मान गरिने आयोजक पक्षले बताएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077