Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्री कार्यालयमा जेनजीबीच लफडा, प्रधानमन्त्रीले सुदनलाई जेठो छोरो भनेपछि युवाहरु 'फायर' !

प्रधानमन्त्री कार्यालयमा जेनजीबीच लफडा, प्रधानमन्त्रीले सुदनलाई जेठो छोरो भनेपछि युवाहरु 'फायर' !

बुधवार , मंसिर २४, २०८२

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सरकार र ‘जेनजी’ आन्दोलनबीच ऐतिहासिक १० बुँदे सम्झौतामा हस्ताक्षर भए पनि कार्यक्रम तनावपूर्ण बनेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा नै विरोधका स्वर उठेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भए पनि कार्यक्रम स्थलमा युवाहरूले लगातार नाराबाजी गर्दै सम्झौताप्रति असन्तोष व्यक्त गरे। विरोधमा उत्रिएका युवाहरूले सम्झौतामा आधारित छलफललाई ‘धोका’, ‘नाटक’ र ‘षड्यन्त्र’ भन्दै आलोचना गरेका छन् ।

उनीहरुले भने, '९४ लाख जनताको आन्दोलनलाई दुई–चार जनाले बन्द कोठामा तयार पारेको सम्झौता मान्य छैन। सीमित व्यक्तिहरूको हस्ताक्षर आन्दोलनलाई तुहाउने षड्यन्त्र हो।'

विरोधका क्रममा युवाहरूले वार्ता टोलीका संयोजक सुदन गुरुङलगायत नेताहरूलाई ‘आन्दोलन बेचेको’ र ‘सहिदको रगतमा खेलबाड गरेको’ गम्भीर आरोप समेत लगाए ।

प्रधानमन्त्री कार्कीले वार्ता टोलीका सदस्य सुदन गुरुङलाई सम्बोधन गर्दै ‘मेरो जेठो छोरो’ भनेर उल्लेख गरेपछि पनि असन्तुष्ट पक्षले प्रश्न उठाएका छन् ।

युवाहरूले विगतका आयोगहरूजस्तै यस सम्झौता पनि केवल कागजमै सीमित रहने दाबी गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077