Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजापुर गोलीकाण्ड : लुम्बिनीका पूर्वमुख्यमन्त्रीका भाइ कैलालीबाट पक्राउ, पेस्तोल पनि बरामद

राजापुर गोलीकाण्ड : लुम्बिनीका पूर्वमुख्यमन्त्रीका भाइ कैलालीबाट पक्राउ, पेस्तोल पनि बरामद

बिहिवार , मंसिर २५, २०८२

दाङ । राजापुर गोलीकाण्डका मुख्य आरोपी दाङ तुलसीपुर–६ का ५१ वर्षीय महावीर चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गुलरियाका अनुसार चौधरीलाई बुधबार कैलालीबाट पक्राउ गरिएको हो ।

यसअघि सोधपुछका लागि राजापुर नगरपालिका–४ स्थित हमार थारु रेस्टुरेन्ट की सञ्चालक रामकुमारी चौधरी, बुद्धि चौधरी र राहुल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो ।

पक्राउ परेका महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता डिल्ली चौधरीका भाई हुन् । गत आइतबार बिहान ८ बजे सोही रेस्टुरेन्टमा दाङ तुलसीपुर उप–महानगरपालिका–५ का २७ वर्षीय निरज थारु अचेत अवस्थामा भेटिएका थिए।

उपचारका लागि नेपालगन्ज पुर्‍याएपछि उपचारका क्रममा उनको मृत्यु भएको थियो। गोली प्रहारबाट मृत्यु भएको प्रमाण–माथि प्रारम्भिक अनुसन्धानमा मृतकका दुवै कानमुनी प्वाल देखिएको प्रहरीले जनाएको छ ।

चौधरीको साथबाट पेस्तोल समेत बरामद गरिएको इप्रका राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको प्रकृति, गोली प्रहार कसले र किन गरियो भन्नेबारे थप तथ्य खुल्ने प्रहरीको भनाइ छ ।

मृतक थारु पूर्वमुख्यमन्त्री चौधरीको पोल्ट्रीका कर्मचारी हुन् । जसकारण यो घटनामा पूर्वमुख्मन्त्री चौधरीलाई समेत छानविनको दायरामा ल्याउनुपर्ने मृतकका आफन्तले माग गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077