Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बर्दियामा गोली हानी हत्या प्रकरण : पूर्वमुख्यमन्त्री समेत अनुसन्धानको दायरामा

बर्दियामा गोली हानी हत्या प्रकरण : पूर्वमुख्यमन्त्री समेत अनुसन्धानको दायरामा

मंगलवार , मंसिर २३, २०८२

बर्दिया । बर्दियामा एक युवकलाई गोली हानेर हत्या गरेको घटना रहस्यमय बनेको छ। सो घटनाको वास्तविकता लुकाउन प्रहरी नै सक्रिय रहेको स्थानीयको आरोप छ।

सोमबार राजापुर–५ स्थित हमार थारु रिसोर्टमा निरज चौधरीको गोली हानी हत्या भएको थियो। जसमा संलग्नलाई मंगलबारसम्म पनि प्रहरीले पक्राउ गरेको छैन ।

सो रिसोर्ट लुम्बिनीका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता डिल्ली चौधरीका भाई महावीर चौधरीको हो । उनै महावीरले गोली हानेको स्थानीयले बताएका छन्। तर, प्रहरीले पक्राउ गर्न चासो नदिएपछि उनी फरार भएका छन् ।

मृतक थारु पूर्वमुख्यमन्त्री चौधरीको पोल्ट्रीका कर्मचारी हुन्। जसकारण यो घटनामा पूर्वमुख्मन्त्री चौधरीलाई समेत छानविनको दायरामा ल्याउनुपर्ने मृतकका आफन्तले माग गरेका छन्।

राजनीतिक दबाबकै कारण प्रहरीले अझै आरोपीलाई पक्राउ नगरेको समेत आरोप लागेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077