Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिराहामा गोली हानी एक जनाको हत्या

सिराहामा गोली हानी एक जनाको हत्या

शुक्रवार , माघ १६, २०८२

सिराहा । सिराहामा गोली हानी एक जनाको हत्या गरिएको छ।

शुक्रबार दिउँसो सिराहा नगरपालिका-१ का ४१ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको हो।

यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार छेउको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए।

गोली प्रहारबाट एक जना घाइते भएको खबर पाउने वितिक्कै प्रहरी टोली घटनास्थल पुगेको थियो। तर प्रहरी टोली पुग्दा यादवको घटनास्थलमै मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

अहिले घटना अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ भने गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको सिराहा प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077